अर्थ-वाणिज्य

तलब नपाएपछि नगरभरका स्वास्थ्यकर्मी आन्दोलित




रुपन्देही ३ जेठ । पाँच महिनादेखि तलब नपाएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। तलब नपाएको भन्दै स्वास्थ्य कर्मचारीले नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्। स्वास्थ्यकर्मीले तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेश्वरीदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललाई ज्ञापनपत्र बुझाएका हुन्। तिलोत्तमा नगरपालिकामा ४५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकामा अहिले ७८ जना कार्यरत छन्।
दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत भएपछि सङ्घीय सरकारले दरबन्दी अनुसारको मात्रै तलब पठाएको छ। त्यसमा पनि गत आर्थिक वर्षमा वृद्धि भएको १५ प्रतिशत तलब नपठाएको तिलोत्तमा–४ स्थित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख ईश्वरी पौडेलले बताउनुभयो।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले स्वास्थ्य मन्त्रालयले दरबन्दीबाहेकका कर्मचारीको तलब सरकारले नपठाउँदा समस्या भएको बताउनुभयो।

प्रकाशित : ३ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६