स्वास्थ्य

सातै प्रदेशमा सेवा विस्तार गर्दै सिभिल अस्पताल



जेठ १०, काठमाडौं- निजामती कर्मचारी सिभिल अस्पतालले आफ्नो सेवा सात वटै प्रदेशमा विस्तार गर्ने भएको छ। सेवा विस्तारका लागि प्रक्रिया समेत सुरु गरिसकेको अस्पतालले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशमा सेवा सुरुका लागि प्रक्रिया सुरु भएको अस्पतालका कार्यकारी निर्देशक डा विद्याननिधि पौडेलले जानकारी दिए। सातै प्रदेशमा सिभिल अस्पताल स्थापना गर्नेभन्दा पनि संघीय अस्पतालमै समन्वय गरेर सेवा सुरु गरिने उनले बताए।

प्रदेश सरकार र संघीय अस्पतालसँग यस विषयमा छलफल भइरहेको उनले बताए। सिभिल अस्पताललाई रिफरल अस्पतालको रुपमा विकास गर्ने पनि उद्देश्य रहेको डा पौडेलले बताए। आगामी आर्थिक वर्षमा सिभिल अस्पतालको सेवा सात वटै प्रदेशमा विस्तार गर्ने नीति तथा कार्यक्रममा समेत परेको छ।

प्रकाशित : १० जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६