प्रदेश

पाल्पा अस्पतालमा उपचार सेवा व्यवस्थित, बिरामीको संख्या बढ्यो



तानसेन, २८जेठ । पाल्पा अस्पताल तानसेनमा १० महिनाको अवधिमा ६९ हजार ८ सय ७२ जनाले उपचार सेवा लिएका छन् । २०७९ साउनदेखि २०८० वैशाखसम्मको अवधिमा पाल्पा अस्पतालबाट सेवा लिने बिरामीको संख्या विगतका वर्षमा भन्दा बढेको हो ।

अस्पतालको उपचार सेवालाई थप व्यवस्थित बनाउँदै लगिएकाले पनि सेवा लिन आउने बिरामीको संख्यामा वृद्धि भएको हो । अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्री रोग, प्रसूति सेवा, शल्यक्रिया, दन्तरोग, मानसिक रोग, फिजियो थेरापी, आँखा जाँच, अल्ट्रासाउण्ड सेवा, ऐक्सररे सेवा, फार्मेसी सेवा, रिफर सेवा सञ्चालन नियमित रुपमा भएकोले बिरामीको संख्या बढेको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराश आत्रेयले बताए ।

अस्पतालमा स्वीकृत दरबन्दीअनुसार कर्मचारी नहुँदा अझैं पनि चाहे अनुसारको उपचार सेवामा प्रदान गर्न नसकिएको निमित्त मेडिकल सुपरिटेण्ड डा। भण्डारीले बताए । सरकारको दरबन्दी अनुसार अस्पतालमा ६० कर्मचारी हुनुपर्नेमा जम्मा नेपाल सरकारबाट १६ जना उपलब्ध रहेको, अन्य केही कर्मचारीहरू विभिन्न स्रोतबाट करारमा राखिएको बताए।

तर, अस्पतालमा ११ जना विशेषज्ञ चिकित्सको दरबन्दी भए पनि एकजना पनि विशेषज्ञ चिकित्सक नरहेको निमित्त मेडिकल सुपरिटेण्डन डा. भण्डारीले जानकारी दिए । सरकारले लागू गरेको विमा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्न, दरबन्दी अनुसारको कर्मचारी परिपूर्ति गरेर जनताको उपरचार सेवालाई चुस्त दुस्त बनाउन सबैपक्ष बाट दबाब सिर्जना गर्नुपर्ने स्थानीयको भनाइ छ।

अस्पताल विकास समितिले नियमित रुपमा अनुगमन बढाएर सबै पक्षबाट काम प्रभावकारी बन्दै गएको छ, बिहान ८ बजेदेखि नै टिकट काट्नेदेखि चेकजाँच तथा रिफरको व्यवस्था, समयमै ल्याब रिर्पोटको व्यवस्था, बिरामी तथा आफन्तहरूलाई सरुवा रोगबाट बचाउन निशुल्क माक्स वितरण जस्ता कामले पाल्पा अस्पतालमै उपचार गराउने बिरामीको संख्या बढ्दै गएको हो।

अहिले दैनिक पाल्पा अस्पतालमा मात्र उपचार गराउने बिरामीको संख्या दैनिक ४ सयदेखि ५ सयको हाराहारीमा पुग्ने गरेको अस्पतालले जनाएको छ।

समितिका अध्यक्ष आत्रेयले अस्पतालको सेवालाई थप गुणस्तरीय बनाउँदै रिफर सेन्टरलाई निरुत्साहित बनाउँदै उपचार केन्द्रको रुपमा लैजाने गरी समिति र अस्पतालमा कार्यरत कर्मचारीहरू लागेको बताए । अध्यक्ष आत्रेयले ल्याब सेवालाई व्यवस्थित गर्ने,कर्मचारी अभाव परिपूर्तिका लागि सम्बन्धित निकायसँग पहल गरिरहेको,नयाँ भवन निर्माणका लागि जग्गाको व्यवस्थापन भइरहेको,अस्पतालका लागि आवश्यक उपकरण प्रदेश र केन्द्र सरकारसँग माग गरिएको बताए ।

अक्सिजन प्लान्ट पूर्णरुपमा सञ्चालन गरी सेवा प्रवाह गरिरहेको अस्पताल भित्रै अप्रेसन सेवा सुरु गर्ने, एम्बुलेन्स थप गर्ने, टिकटका लागि अनलाइन प्राणाली लागू गर्ने, नयाँ भवन बनाउने, भिडियो एक्सरेका लागि प्राविधिक जशक्ति व्यवस्थापन गर्ने गरी समितिले काम गर्दै आएको अध्यक्ष आत्रेयले बताए ।

प्रकाशित : २८ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६