दिपिका सुनार, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- ८ मा दलित युवा युवतीका लागी ५ दिने उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । उक्त तालिम उत्पीडित नागरिक उत्थान केन्द्र कपिलवस्तुको आयोजना र बाणगंगा नगरपालिका- ८ को आर्थिक सहयोगमा सुरु भएको हो ।तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाको उपमेयर रिता कुमारी चौधरीले बा्ेल्ने सिप आफैमा एउटा कला भएकाले यसको मद्दतले व्यक्तित्व विकास हुने बताईन् । उपमेयर चौधरीले नगरपालिकाले सबै वर्गलाई समान रुपले हरेको दाबी गर्दै सोही अनुरुप कार्यक्रमहरु तर्जुमा गरिरहेको बताईन् । आगामी आर्थिक बर्षमा पिछडिएका जातजातीहरुको क्षमता अभिवृद्धिका लागी ठोस योजनासहित अगाडि बढ्ने उनले प्रतिवद्धता जनाईन् ।
बाणगंगा नगर कार्यपालिका सदस्य सारदा परियारले आफ्नो समयमा पढ्न लेख्न नपाएको गुनासो गर्दै कुटो, कोदालोमै सिमित हुन परेको सुनाईन् । उनले तालिम लिइसके पश्चात शिक्षामा प्रभाव पर्ने, बोल्ने बानीको विकास हुने, व्यावहारमा परिवर्तन आउने विश्वास व्यक्त गरिन् । अहिलेको अवस्थामा पि.एच. डि गरेका युवा युवती पनि कुनै कार्यक्रममा अगाडी गएर आफ्नो भनाई राख्न नसक्ने भएकाले यस्तो तालिम दिन आवश्क भएको बताइन् । उनले दलित युवा युवतीलाई ३ महिने कम्प्यूटर सिक्ने अवसर दिएको भन्दै अनुशासित ढङ्गले सिक्न आग्रह गरिन् ।
उक्त कार्यक्रममा बोल्दै उत्पीडित नागरिक उत्थान केन्द्र कपिलवस्तुका अध्यक्ष प्रेम विकले तालिम लिए पछि आफूले सिकेका सिपलाई दैनिक व्यावहारमा पनि लागू गर्न आग्रह गरे । वडा सदस्य सैलेन्द्र बेल्बासेले तालिम पश्चात कुनै पनि कार्यक्रममा बोलेर आफ्ना समस्याहरु राख्न सक्ने हुनेमा आफु विश्वस्त रहेको बताए ।३५ जना युवा युवती सहभागी भएको उक्त तालिममा पत्रकार पूर्ण चन्द्र परियार र पशुपति गिरीले प्रशिक्षणको भूमिका निर्वाह गरेका छन् ।
प्रतिक्रिया