कपिलवस्तु ९ साउन ।कपिलवस्तुको वाणगंगामा अबिरल वर्षाका कारण बाढिले क्षति पुर्याएको छ । लक्ष्मणघाट बाँधका फाटक नखोलिदिदा वाढि गाउँबस्तिमा पसेपछि घरमा भएका खाद्यान्न ,लत्ताकपडा घरायसी उपभोगका बिभिन्न साम्रगी भिजेर बगेको नष्ट भएका छन् कच्चि घरहरुध्वस्त भएका छन् भने पक्कि घरका पनि दिवाल भुटेका छन् । बाणगंगा नगरपालिकाका वडा नं ७ भएको क्षतीका विषयमा स्थानियले दुखेसो पोखेका छन् । वाणगंगा नदि आसपासमा आएको वाढिले डुवान पारेको क्षेती बारे वाणगंगा वडा न. ७का वडा अध्यक्ष विष्णु गिरीले खाद्यान्न ठुलो परिणम नष्ट भएकाले ति परिवारलाई तत्काल राहात आवश्यक भएकाले राहात उपलब्ध गराउने बताउनु भयो ।
बाणगंगा नगरपालिकाका वडा नं. ७ र ८ मा कोइली नदिमाआएको वाढिले कोइली बनगाई, चौरि पुलचोकदेखि भित्र दुर्गा मन्दिर नजिकै लगायतक्षेत्रमा अत्याधिक क्षति पुगेको बस्तिमा आएको वाढिले घरका सामान गोठमा क्षति पुराएको नगर प्रमुख चक्रपाणि अयार्लले बताउनु भयो । उक्त बस्तिको अबलोकन गरेर आएको बताउदै अब छिटै आबश्यक राहत दिने बताउनु भयो । खोला आसपासका क्षेत्रमा नजान र सर्तकता अपनाउन समेत उहाँले आग्रह गरेको बताउनु भयो ।
२०७३ साल पछि यस प्रकारको डुवानको समस्या नआए पनि यस पालिको बाढिले बाणगंगाको ऋघाट सिंञ्चाई परियोजनामा समेत क्षति पुराएको अध्यक्ष नहकुल शाहीले बताउनु भयो । मेयर अर्याल सँग अबलोकनमा पुग्नुभएका बुद्धआवाज टिभिका व्यवस्थापक भेषराज पाण्डेले लक्षुमणघाट बाँधका फाटक नखोलेर भएको क्षति गम्भिर रहेको भन्दै नगरले वाणगंगा सिंञ्चाई डिभिजन सँग तत्काल छलफल गरेर उचित राहात दिनु पर्ने बताउनु भयो ।
प्रतिक्रिया