ब्रेकिंग न्युज

मनोज झपेन्द्र स्मृति दिवसकाे अवसरमा बाल मन्दिरमा खाद्यान्न वितरण



पशुपति गिरी ।

कपिलवस्तु १५ साउन। नेपाल निजामती कर्मचारी सगठन कपिलवस्तुले मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा बाल मन्दिरमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार एक कार्यक्रमका बिच कपिलवस्तुमा रहेको बाल मन्दिरमा खाद्यान्न वितरण गरि स्मृति दिवस मनाइएको संगठनले जनाएको छ ।
संगठनका जिल्ला अध्यक्ष प्रकाश गौतमका अनुसार प्रत्येक वर्ष संगठनले विभिन्न रचनात्मक कार्यक्रमहरु गर्ने गरेको र यस पटक पनि बाल मन्दिरमा खाधान्न वितरण गरेको जनाउनु भयो । जिल्ला अध्यक्ष गाैतमका अनुसार संगठन कपिलवस्तुले रक्तदान,छात्रवृत्ति वितरण ,कर्मचारीकाे उत्प्रेणा सम्बन्धि लगायत विभिन्न कार्यक्रमहरू गर्ने गरेको छ। संगठनका सहसचिव लाल बहादुर थापाले संगठन कपिलवस्तुले विभिन्न रचनात्मक कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनु भयाे ।

विभिन्न समयमा कर्मचारी आन्दोलनमा शहादत प्राप्त गरेका खोटाङका मनोज जोशी, कास्कीका झपेन्द्र कार्की र मुगु जिल्लाका सुरेन्द्र बि।क।को सम्झनामा हरेक वर्षको साउन १५ गते नेपाल निजामती कर्मचारी संगठनले शहिद स्मृति दिवस मनाउँदै आएको छ ।तीनै जना शहिदहरुलाई सरकारले २०७४ माघ २२ मा राष्ट्रिय शहिदको रुपमा घोषणा समेत गरेको छ । उक्त कार्यक्रममा जिल्ला उपाध्यक्ष जनकराज जोशी ,सहसचिव लाल बहादुर थापा लगायत जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुकाे सहभागीता रहेको थियो ।

प्रकाशित : १५ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६