काठमाडौं । नक्कली प्रहरी’को आरोपमा पक्राउ परेका विश्व मल्ल पुर्पक्षका लागि कारागार चलान भएका छन् ।उनलाई काठमाडौं जिल्ला अदालतको आदेशपछि उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
ललितपुरको गोदावरी नगरपालिका– ६ टीकाभैरव घर भएका मल्ल काठमाडौंको टोखा नपा–११ भण्डारीटोलबाट गत असोज ११ गते पक्राउ परेका थिए ।२२ वर्षीय मल्लले बाटो हिँडिरहेका सर्वसाधारणलाई बाटो छेकी ‘म नेपाल प्रहरीको सिभिल घुमुवा प्रहरी हुँ, तलासी लिनुपर्छ’ भन्दै ठगी गरेको प्रहरीको आरोप छ ।
उनले प्रहरीको नक्कली परिचयपत्र देखाइ सर्वसाधारणलाई दुःख दिने गरेका थिए ।मल्लको साथबाट नक्कली परिचयपत्र एक थान र स्कुटरको डिकीभित्र धारिलो हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया