कपिलवस्तु १५ कार्तिक ।उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष हेमराज ढकालले उद्योगी ब्यावसायीले देशमा सरकार छ भन्ने थाहा पाउन नसकेको दावि गरेका छन् । उनले संकटको बेला आफुहरुले रुन्चे मुख लिएर डिहे पनि सरकारले कुनै वास्ता नगरेको गुनासो गरेका छन । अहिलेको संकटग्रस्त अवस्था प्रति सरकारले कुनै चासो नदेखाएकाले उद्योग धन्दा धरायसी अवस्थामा पुगको उनले बताए । मुलुक कै आर्थिक बृद्धिको सेन्टर प्वाईन्ट रहेको उद्योग ब्यवासायलाई सबै क्षेत्र मिलेर बचाउनु पर्ने बताएका छन । मुलुकको आर्थिक गतिबिधि शुन्य प्रायः रहेकोले उद्योग ब्यवसाय संकटग्रस्त अवस्थामा पुगको भन्दै त्यसलाई बचाउन सबैले हातेमालो गर्नु पर्ने बेला आएको उनले बताए ।
कपिलवस्तुको तौलिहवा स्थित तौलिहवा उद्योग बाणिज्य संघका ९ औ साधारण सभा र ७ औ अधिबेशनको पानसमा दिप प्रज्जवलित गर्दै उनले सो कुरा बताएका हुन । आफुहरुले सरकारलाई संकटग्रस्त अवस्थामा पुगेका उद्योग ब्यवसायलाई बचाउन ध्यानकषर्ण गराए पनि सरकारले कुनै चासो नलिएको उनले गुनासो गरे. । पछिल्लो समयको कोरोना भुकम्प नाकाबन्दी, बिश्वका बिभिन्न देशमा भएको द्धन्द लगायतका कारणले मुलुकको आर्थिक स्थिति संकट अवस्थामा पुगेकाले सरकारले नै त्यसको संरक्षण गनर्् पर्ने उनले बताए । ‘ संकटमा रहेको उद्योग ब्यवसायलाई सबै मिलेर बचाउन जरुरी छ ’ उनले भने ।
आफुहरुको प्रयासले ऋणको किस्ता बापतको रकम केही भए पनि घटाउन सफल भएको र अब बैकको ब्याज दर घटाउन सरकारले नै चासो दिनु पर्ने बताए । अहिले बिशेष गरी कृषि, पर्यटन, मझौला उद्योगलाई सरकाले बिेशष सहयोग गर्नु पर्ने बेला आएको बताए । उनले तिनै तहरको सरकारले समेत उद्योग बाणिज्य संघलाई साथ दिनु पर्ने बताए । लुम्बिनी प्रदेशका सदस्य सुधाकर पाण्डेयले कारोनाका कारण धरासायी बन्दै गएको उद्योग धन्दालाई बचाउन आफुले सदनमा कुरा उठाउने बताए । उनले उद्योगी ब्यापारीलाई उच्च मनोबलकासाथ अघि हिडन आग्रह गरे ।
उद्योग बाणिज्य संघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले अहिलेको संकटग्रस्त अवस्थाालाई उकास्नकालागि सरकारले बिशेष पहल गर्नु पर्ने बेला आएको बताए । उनले उद्योगी ब्यवसायीलाई संरक्षण नगरिए मुलु्क आर्थिक संकटमा फस्ने बताए । महासंघका केन्द्रिय सदस्य जमसेरअली मियाले उद्योगी ब्यापारीहरु मारमा परे पनि सरकार भने मौन बसको बताए । खासगरी पर्यटन र निर्माण ब्यवसायी अहिले धेरै मर्कामा परको भन्दै सरकारले अब आर्थिक क्रान्ति ल्याउने तर्फ उन्मुख हुनु पर्ने बताए । महासंघका केन्द्रिय सदस्य केशव भन्डारीले मुलुकको निजी क्षेत्र ठप्प रहेका बेला सरकार र बिपक्षले पनि त्यस बारेमा वास्ता नगरेको बताए । सरकारले बैकलाई बचाउन खोजको तर निजी क्षेत्रलाई केही नगरेको उनले बताए ।
उनले अहिलेको स्थितिमा मुलुक नै दुर्घटनामा पर्न सक्ने भन्दै आफु्हरु समेत सडकमा जाने अवस्था सूजना भएको बताए । उपाध्यक्ष ढकालले तौलिहवा उद्योग बाणिज्य संघको छोटकीतौलिहवा निर रहेको भवन परिसरमा स्थापना गरिएको संघका संस्थापक अध्यक्ष स्वर्गाीय शिव कुमार अग्रहरीको शालिकको अनावरण समेत गरेका थिए ।कार्यक्रममा कारोनको समयमा स्थापना गरिएको साझा प्रयास अभियानका संयोजक रबि ठाकुरलाई प्रशंसा पत्रले सम्मानित गरिएको थियो । संघका अध्यक्ष गयादीन कुर्मीको अध्यक्षता, महासचिव अर्जुन चापागाईको संचालनमा भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त पार्टीका माधव पराजुली, राप्रापाका देबेन्द्र श्रीवास्तव, जसपा नेपालका लुम्बिनी प्रदेश उपाध्यक्ष अब्दुल रसिद खा, निर्माण ब्यवसायी संघका जिल्ला अध्यक्ष सरोज अर्याल, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, कालीपद शर्मा, रबि ठाकुर, शान्ता सापकोटा लगायतले मन्तब्य दिएका थिए । १४ सय बढी सदस्य रहेको संघमा गणपुरक संख्या नपुगकोला बन्द सत्र भने बुधवार हुन सकेन । कार्तिक १८ गते शनिवार पुनः बन्द सत्र हुने संघका अध्यक्ष गयादीन कुर्मीले बताए ।
प्रतिक्रिया