प्रदेश

आम्दा अस्पताललाई मेडिकल कलेज बनाउन सहयोग हुन्छः प्रधानमन्त्री



बुटवल, १६ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले बुटवलको आम्दा अस्पताललाई मेडिकल कलेज बनाउन सरकारको तर्फबाट सक्दो सहयोग पुर्‍याइने बताएका छन् ।बुटवलको आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समरोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको भन्दै स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको र गरिब, बिपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८ सय शैया निशुल्क उपलब्ध गराइएको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले बैंक ब्याज दर १० प्रतिशत भन्दा माथि नहुने गरी सरकारले छिट्टै घोषणा गर्ने बताएका छन् । उद्योगी– व्यवसायीको माग अनुसार बैंक ब्याजदर घटाउन लागेको बताए ।‘बैंकको ब्याज दर सकभर एक अंकमा झार्ने सरकारको तयारी छ, नसके १० प्रतिशत भन्दा माथि जान्न दिन्नौं’–प्रधानमन्त्री दाहालले भने–‘उद्योग व्यवसाय क्षेत्र चलायमान बनाउने विषय सरकारको प्राथमिकतामा रहेकोछ, तिहार पछि विद्युत व्यापारमा पनि ठूलो घोषणा गर्दैछौं त्यसैले निराश नहुन म सबैमा अपील गर्छु ।’ जग्गा कित्ताकाट फुकुवाले घर जग्गा कारोबार बढ्न थालेको, पर्यटक आगमन यसपटक इतिहासमै धेरै भएकाले अर्थतन्त्र चलायमान हुने क्रममा रहेको प्रधानमन्त्रीको भनाई छ ।

आफ्नो भारत र चीन भ्रमणका प्रतिफल छिट्टै देखिने पनि उनले उल्लेख गरे ।संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानबारे प्रश्न उठाउने हक कसैमा नभएको तर्क गर्दै उनले यस विषयमा प्रमुख दलहरुबीच एक खालको समझदारी बनेकाले एक दुई दिन भित्र राष्ट्रका नाममा अपील गरिने प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्रीले सो अवसरमा प्रधानमन्त्री दाहालले बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा थप २०० शैया भवनको शिलान्यास गरेका छन् । हाल एक सय शैयाको क्षमतामा संचालित अस्पतालमा बिरामीहरुको चाप र आवश्यकतालाई मध्यनजर गरी तीन सय शैयाको अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो ।

वि.स. २०५५ कार्तिक १६ मा आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघ बीच त्रि–पक्षीय समझदारी भई ५० शैयाबाट अस्पतालको सुरुवात भएको थियो । अस्पतालले यसै वर्षदेखि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत प्रमाणपत्र तह नसिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम संचालन गर्ने तयारी समेत गरेको छ ।अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि संचालन हुने गरि नगरपालिकाबाट बजेट विनियोजित गरेको छ । समारोहमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरी, आम्दा इन्टरनेसनलका अध्यक्ष, आम्दा नेपालका अध्यक्ष डा. अनिलकुमार दास, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय,बसटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, अस्पतालका मेडिकल सुपरिटेनदेन्त डा. राजेन्द्र बस्याल लगायतले आम्दा अस्पताललाई महिला र बालबालिकाको उपचारमा नमूना र सर्वसुलभ अस्पतालको रुपमा विकास गर्न सुझाव दिए ।

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६