प्रदेश

टिभिएसको एक्सचेञ्ज अफर सुरु




कपिलवस्तु, १९ कात्तिक ।

टिभिएस कम्पनीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिको कपिलवस्तु र अर्घाखाँचीका लागि आधिकारिक बिक्रेता बाणगंगा अटो ट्रेडर्सले जितपुर, ओदारि र सन्धिखर्कमा एकसाथ टिभिएस च्याम्पियन एक्सचेञ्जको आयोजना गरेको छ ।

जितपुर, ओदारि तथा सन्धिखर्कको सोरुम बाट एकसाथ आज देखी कात्तिक २५ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गरेको हो ।

च्याम्पियन एक्सचेञ्जमा कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको साटफेर गरी नयाँ टिभिएस ब्राण्ड चढेर जान सकिने कम्पनीले जनाएको छ ।


त्यसैगरी कम्पनीले दशैँ तथा तिहार पर्वलाई लक्ष्य गरी ल्याएको “हर मोडमा उमङ्ग”अफर अन्तर्गतका छुट, सहुलियत तथा अफरहरु ग्राहकलाई प्रदान गरिने सचालक मोहन न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार टिभिएस बाइक तथा स्कुटरको खरीदमा किन्नु अघि स्क्राच कार्डमार्फत रु एक लाख सम्म जित्ने र खरीदपछि रु पाँच लाखसम्म जित्न सकिने योजना रहेको छ ।

त्यसैगरी टिभिएस च्याम्पियन एक्सचेञ्जमा रु १० हजार देखि ५० हजार सम्म थप मुल्यांकन,शुन्य प्रतिशत ब्याजदर, २५ प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सकिने छ।

टिभिएसको उपहार योजनामा हरेक महिना लक्की ड्रमार्फत सत प्रतिशत क्यास ब्याक र बम्परमा रु १० लाख उपहारको योजना रहेको छ ।

प्रकाशित : १९ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६