प्रदेश

मंसिर २१ देखि १४औं कपिलवस्तु महोत्सव हुने



कपिलवस्तु, २२ कात्तिक । यस वर्षका लागि आयोजना हुने कपिलवस्तु महोत्सवको १४औँ संस्करण बाणगंगा वेयलफेयर सोसाईटीले आयोजना गर्ने भएको छ । यही मंसिर २१ गते देखि पुष १ गते सम्म चार नम्बर जितपुर स्थित बुद्ध रंगशालामा आयोजना हुने महोत्वसव तयारी बारे बुधबार पत्रकार सम्मेलन मार्फत वेयलफेयरले जानकारी दिएको हो ।

मंसिर २१ गतेदेखि पुष १ गते सम्म ११ दिन संचालन हुने गरी महोत्सवको तयारी गरिएको वेयलफेयर सोसाईटिका अध्यक्ष राज कुमार खाँणले जानकारी दिएका छन् । उनका अनुसार महोत्वसमा यस क्षेत्रका विभिन्न उत्पादनहरुको प्रर्दशनी तथा कृषि र पर्यटनको प्रर्वद्धनका लागि विभिन्न स्टलहरु महोत्सव स्थलनमा राखिने जनाइएको छ ।

यस्तै महोत्सव मुल आयोजक समितका निर्देशक दिनेश रोकाले वेयलफेयर सोसाइटीले छैठौँ पटक महोत्सव आयोजना गर्न लागेको भए पनि कपिलवस्तु उद्योग वाणिज्य संघसँगको सहकार्यमा हरेक वर्ष आयोजना हुने महोत्सवकै निरन्तरता रहेको जानकारी दिएका छन् । उनका अनुसार यसपटकको महोत्वसबाट संकलित रकमले महोत्सव आयोजना स्थलको संरक्षीकरण गर्ने, लक्ष्मणघाट शवदाह स्थललाई केही व्यवस्थितकरण गर्ने, जिल्लाको व्यवसायिक क्षेत्रलाई सबलीकरण गर्ने र युवा स्वरोजगारका कार्यक्रमहरुलाई प्रर्वद्धन गर्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजनाको तयारी गरिएको जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले अहिले आर्थिक मन्दिका कारण व्यवसायीहरुमा परेको असरलाई कसरी सहज अवस्थामा ल्याउन सकिन्छ भन्नेमा पनि यस पटकको महोत्वसव केन्द्रित रहने बताएका छन् ।

पत्रकार सम्मेलनमा कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल, वडा नम्बर ४ का पूर्व अध्यक्ष गणेशबहादुर क्षेत्री, युवा समाजसेवी शक्तिसिँह ठकुरी लगाएतले सम्बोधन गरको थिए ।

गत वर्ष कपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गरेको कपिलवस्तु महोत्सव यसपटक बाणगंगा वेयलफेयर सोसाइटीले आयोजना गर्न लागेको हो । महोत्सवमा अघिल्ला वर्षहरुमा जस्तै केही प्रर्दशनीका स्टलहरुसँगै व्यवसायिक स्टलहरु राखिने जनाइएको छ ।

यसपटक महोत्वसको मुल नारा “युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार एवं प्रर्वद्धनमा प्रोत्साहन” भन्ने रहेको छ । यस्तै यसअगाडी भन्दा केही पृथक बनाउन विभिन्न कृयाकलापहरु हुने र त्यसका लागि तयारी भैरहेको समेत आयोजक संस्थाका अध्यक्ष खाँणले बताए ।

महोत्सव तयारीका लागि लाईट एण्ड साउण्ड, स्टल ठेक्का, पत्राचार, आन्तरिक उपसमिति निर्माण , १२ आंै कपिलवस्तु डान्स आईडियलको तयारी तिहार अगाडी नै हुने तथा स्टल बुकिङ लगाएतका तयारी भइरहेको पत्रकार सम्मेलनमा जनाइएको छ ।

प्रकाशित : २२ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६