प्रदेश

‘स्केट पार्क’ साहसी खेल प्रेमीका लागि कपिलवस्तुको बाणगंगामा खुल्यो




हरि घिमिरे, ०४ मंसिर ।
कपिलवस्तुमै पहिलो पटक ‘स्केट पार्क’ संचालनमा आएको छ । जिल्लाको बाणगंगा नगरपालिका ४ दरखास्तमामा ’स्केट पार्क’ संचालनमा आएको हो । दुईजना ट्रेनर संगै शुरक्षाका लागि हेलमेट, सेफ्टी गार्ड, नि गार्ड लगाएतका समग्री सहित संचालन गरीएको छ ।


करिब २५ लाख रुपैयाँको लगानीमा साहसी खेल प्रेमीका लागि लक्षित गर्दै ’स्केट पार्क’ संचालनमा ल्याएको संचालक केशव पाण्डेले बताए । उनले पछिल्लो समय स्केटिङमा किशोरकिशोरी तथा युवायुवतीको आकर्षण बढ्दो रहेको र सोहीलाई मध्येनजर गर्दै स्केट पार्क संचालनमा ल्याएको बताए ।


रुपन्देहीको सैनामैना नगरपालिका ४ स्थायी घर भएका युवा व्यवसायी पाण्डेले कपिलवस्तुका विभिन्न स्थानबाट दैनिक दर्जनौँ किशोरकिशोरी तथा युवायुवती आउने गरेको बताए । प्रारम्भिक चरणमै स्केट पार्कमा दैनिक एक सय जना बढी आउने गरेको उनको भनाई छ ।


२८ बर्षीय युवा व्यवसायी पाण्डेले उक्त पार्कमा ६ जनालाई रोजगारी समेत दिएका छन् । अब स्केट पार्क नियमित खेल र अभ्यासका लागि खुल्ला हुनेछ । स्केटिङ गर्न प्रतिघण्टा २०० रुपैयाँ लाग्ने छ भने थप गर्न १०० रुपैयाँ लाग्ने छ । खेलमा सहभागि हुनका लागि ८ बर्ष भन्दा तलका बालबालिकालाई अभिभावक साथमा आउनुपर्ने हुन्छ । त्यस्तै ८ बर्ष भन्दा माथिका सबैले आफ्नो शुरक्षाको आफै ख्याल गर्दै खेलमा सहभागि हुन पाउने बताईएको छ ।

प्रकाशित : ४ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६