कपिलवस्तु, ०४ मंसिर ।।
रुपन्देहीका सहकारी अभियान्ता माधव देवकोटाको सडक दुर्घटना परी निधन भएको छ । देवकोटालाई सोमबार दिउँसो तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको थियो । बुटवलबाट भैरहवातर्फ मोटरसाईकलमा जाँदै गरेका देवकोटालाई पछाडीबाट ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा जाँदै गरेका देवकोटासंगै सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको पनि निधन भएको प्रहरीले जनाएको छ । देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए । मृतक दुवैको शव मणिग्राम स्थीत क्रिमसन अस्पतालमा राखिएको छ।
तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सन्चालक थिए । विभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आवद्ध उनी तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार समेत हुन् ।
प्रतिक्रिया