प्रदेश

बुटवलमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु




बुटवल, ०७ मंसिर ।
बुटवलको नहरपुरमा बलेरो पिकअप जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

रूपन्देहीको बेलवास बेथरी सडकखण्ड अन्तर्गत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्बरको बलेरो पिकअप र लु ६१ प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीले दुर्घटनामा गम्भीर घाइते बुटवल ११ निवासी ४५ वर्षीय शालिकराम खनालको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक बुटवल ११ निवासी शेखर पोखरेलको भने लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : ८ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६