प्रदेश

मन्त्री किरातीद्वारा तिलौराकोटको अनुगमन



कपिलवस्तु, ०८ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज तिलौराकोट अनुगमन गर्नुभएको छ । अनुगमन गर्दै मन्त्री किरातीले भने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समावेश गरी विश्व सम्पदा सूचीमा सूचीकृत छिटै गरिने बताउनुभएको छ ।

राजा शुद्धोधनको राजदरबार एवम् बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोट निरीक्षण गर्दै मन्त्री किरातीले सो कुरा बताउनुभएको हो ।

राज्यले तिलौराकोटलाई गौरवको योजना बनाएर विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अग्रसर रहेको मन्त्री किराँतीले भने ,यस ठाउँले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिरहेका छौँ ।’

तिलौराकोटलाई राष्ट्रको गौरव, इतिहास र संस्कृतिको संरक्षणका साथै वातावरणको संरक्षण गर्ने उहाँको भनाइ थियो । उहाँले जमिनमुनि रहेको संरचनालाई उत्खनन र प्रमाणीकरण गर्न विश्व सम्पदा सूचीमा सूचीकृत गर्न समय लागेको बताउनुभयो ।

प्राचीन तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम चरणको मनोनयन दस्ताबेज पेस गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । यसअघि पहिलो चरणको प्रस्तावित मनोनयन दस्ताबेज विश्व सम्पदा केन्द्रमा सूचीकृत गर्ने प्रक्रियाअनुसार गत सेप्टेम्बरमा युनेस्को विश्व सम्पदा केन्द्रमा पेस गरिएको थियो ।

कोषका वरिष्ठ निर्देशक एवं मनोनयन दस्ताबेज तयारीका संयोजक ज्ञानिन राईले दोस्रो चरणको मनोनयन दस्ताबेजको कामका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग छलफल र परामर्श भइरहेको बताउनुभयो । निरीक्षणको क्रममा तिलौराकोटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको समेत सहभागिता थियो ।

प्रकाशित : ८ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६