प्रदेश

१२ औँ कपिलवस्तु डान्स आइडलको फाइनल अडिसन १९ गते हुने



बुद्धरंगशाला, १० मंसिर । १४ औं कपिलवस्तु महोत्सवको आकर्षक अन्तर्गत आयोजना हुने १२ औँ कपिलवस्तु डान्स आइडल अन्तर्गतको अडीसन विभिन्न चरणमा सुरु भएको छ । १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजक बाणगंगा वेयलफेयर सोसाइटीको भवनमा ५ गतेदेखि सुरु भएको अडिसनको फाइनल अडिसन यही मंसिर १९ गते मंगलबार ११ः०० बजेदेखि हुने आइडल संयोजक खडक बहादुर क्षेत्रीले जानकारी दिए ।

महोत्सव बुद्ध रंगाशालमा यही मंसिर २१ देखि पुष १ गतेसम्म आयोजना हुने छ । मंसिर ५ गते र ७, ८ र ९ गते भएका अडिसनमा कलाकारहरुले आ(आफ्ना नृत्य प्रस्तुत गरेका थिए । चारनम्बरको जितपुर बुद्ध रंगशालामा हुने महोत्सवको बिशेष प्रस्तुतिको रुपमा डान्स आइडल रहने क्षेत्रीले बताए ।

१४ औं कपिलवस्तु महोत्सवसँगै डान्स आइडललाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने गरी आफूहरु व्यापक सक्रिय भएर लागेको महोत्सवका संयोजक राजकुमार खाँणले बताए । महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले महोत्सवसँगै डान्स आइडललाई विशेष र एतिहासिक बनाउने गरी सहयोग गर्न सबैमा अपिल गरे ।

१२ औं कपिलवस्तु डान्स आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले डान्स आइडल सुनौलो अवसर भएको र राम्रो कलाकार राम्रो डान्सर बन्ने अवसर कपिलवस्तुमै आएको बताए । रिजालले डान्स आइडलबाट कलाकारिता क्षेत्रको नयाँ बाटो खुल्ने र प्रतिष्पर्धीलाई म्युजिक भिडियोदेखि लिएर राष्ट्रिय तहमा समेत स्थान दिने प्रतिबद्धता जनाए ।

यसैबीच, आइडलमा प्रथम हुनेलाई १ लाख २१ हजार १ सय २१ रुपैयाँसँगै चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छन् ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा सक्रिय क्लबको रुपमा चिनिन्छ ।

प्रकाशित : १० मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६