देश

नयाँ प्रविधि पछ्याउँदै माओवादी केन्द्र, आजबाट नयाँ वेबसाइट सञ्चालनमा



काठमाडौँ, ११ मंसिर । नेकपा माओवादी केन्द्रले आफ्नो आधिकारिक वेबसाइट लन्च गरेको छ । लामो समयको गृहकार्यपछि माओवादीको प्रचार विभागले सोमबार वेबसाइट लन्च गरेको हो । उक्त वेबसाइटलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडाबाट उद्घाटन गरेपश्चात् सञ्चालनमा आएको हो ।

www.cpnmc.org लगइन गरी वेबसाइट भिजिट गर्न सकिन्छ । वेबसाइट न्युज पोर्टलको शैलीमा बनाइएको निर्माण टिमका प्राविधिकहरू बताएका छन् । यसको डिजाइन पाठक कहाँ बसेर हेर्छन् त्यहीँको समाचार आउनेदेखि नेपाली टेक्स पढेर सुनाइ दिने बनाइएको छ ।

वेबसाइट हतारमा बनाइएकाले बिस्तारै अपग्रेड गर्दै लैजाने आइसिटी फोरमका संयोजक गोविन्द आचार्यले बताएका छन् । साइट म्याटरलाई भन्दा गतिविधिलाई मुख्य स्थान दिएको छ । सुरुवातीमा पदाधिकारीहरूको जानकारी राखिएको छ । बिस्तारै केन्द्रीय सदस्य, केन्द्रीय निकाय, विभाग, भातृ सङ्गठन, प्रदेश, स्थानीय कमिटी सबै सङ्गठनात्मक संरचना तयार गर्ने आचार्यले बताए ।

प्रकाशित : ११ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६