प्रदेश

मुद्दा मिलाइदिन्छु भन्दै घुस माग्ने प्रहरीका सई पक्राउ



बर्दिया, १२ मंसिर । सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेको आरोपमा नेपाल प्रहरीका एक जना प्रहरी अधिकारी मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी नायब निरीक्षक पवन साउद रहेका छन् ।

बढैयाताल गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत साउदले लागूऔषध मुद्दा मिलाइदिने भन्दै घुस मागेका थिए । सोही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले साउदलाई सेवाग्राहीसँग लिएको ३० हजार रुपैयाँ घुससहित कार्यालयको मुद्दा शाखाबाट पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रकाशित : १२ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६