प्रदेश

बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध



बुटवल, १३ मंसिर । बुटवल आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। राजेन्द्र बस्यालमाथि कुटपिट भएपछि यहाँको सुरक्षालाई कडा पारिएको हो ।

अस्पताल परिसरमा बाक्लो रुपमा सुक्षाकर्मी परिचालन गरिएको छ भने मूल गेटबाट सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । कुटपिटबाट घाइते बस्याललाई बुटवलकै लुम्बिनी प्रादेशिक अस्पतालको आईसियू कक्षमा उपचार भैरहेको अस्पताल स्रोतले जनाएको छ ।

आम्दा अस्पतालमा बिरामीको मृत्युको विषयलाई लिएर छलफल भैरहेको समयमा मँगलबार बस्यालमाथि कुटपिट भएको थियो । गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेककी ३२ वर्षीया भवानी रास्कोटीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जानकारी दिए । प्रसुती गराउने क्रममा शिशु सकुशल जन्मे पनि आमाको मृत्यु भएपछि आफन्तहरुले बिरोध जनाएका थिए ।

अस्पतालका मेसु बस्यालमाथि कुटपिटमा संलग्न आधा दर्जन बढीलाई नियन्त्रमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । आइसियूमा उपचाररत डा। बस्यालको स्वास्थ्य अवस्था अहिले खतरामुक्त र स्थिर रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदरेशन थापाले जानकारी दिए ।

मृत्यु भएसंगै विवाद बढेपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन् । बिरामीको मृत्यु भएपछि अस्पतालका मेसु बस्यालसहित मेट्रोन सुशिला विश्वकर्मा र प्रशासकीय अधिकृत खगेन्द्र क्षेत्री आफन्तहरुसँग मँगलबार छलफलकै क्रममा रातको करिब पौने २ बजे करिब १२र१३ जनाको समुहले एक्कासी गरेका थिए ।

अस्पतालका प्रशासकीय अधिकृत खत्रीका अनुसार मंसिर ११ गते अप्रेशन गरि भवानीले स्वस्थ बच्चा जन्माएकी थिईन भने आमाको स्वास्थ्य अवस्था पनि सामान्यनै थियो । अर्को दिन उनलाई पोष्ट अप्रेटिव वार्डमा राखिएको थियो । आमा र बच्चा दुबैको अवस्था ठिक भए पनि मंसिर १२ गते मँगलबार आमाको स्वास्थ्यमा एक्कासी समस्या देखिएको थियो । भोलि पल्ट १२ गते दिनको १ बजेर ५० मिनेटमा मृत घोषणा मृत घोषणा गरिएको थियो ।

मृतकका श्रीमान निशान थापाका अनुसार अस्पताल प्रशासनले आफूहरुको मागलाई बेवास्ता गरेका कारण यस्तो घटना सिर्जना भएको बताए ।

प्रकाशित : १३ मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६