जीवनशैली

बाणगंगाका बाढी पिडित अपाङ्ग, गर्भवती तथा सुत्केरीलाई सिरक डसेना, सुरक्षा कीट वितरण



पशुपति गिरी

कपिलवस्तु, मंसिर १४।
बाणगंगा नगरपालिका वडा नम्बर ८ र बाणगंगा वडा नं.७ का १४।१४ गरि २८ बाढी पिडित अपाङ्ग, गर्भवती तथा सुत्केरीलाई सिरक डसेना, सुरक्षा कीट वितरण गरिएको छ । उक्त परिवारलाई राहत स्वरुप जाडो बाट बच्न सिरक डसेना,सल साथै १७ थरी सामाग्री सहितको सुरक्षा कीट र अण्डा, घिउ वितरण गरिएको बाणगंगा वडा नं.८ कि महिला सदस्य तथा बाणगंगा नगरपालिका कार्यपालिका सदस्य सारदा परियारले जानकारी दिनु भयो ।

सो कार्यक्रम वडा नम्बर ८ को सहकाय , सिद्धार्थ सामाजिक बिकास केन्द्र र नमुना एकिकुत विकास परिषद रुपन्देहीको आयोजनामा सम्पन्न भएको हो।बाणगंगा पुलचोक, बालापुर , ससेनी त्यसैगरी बाणगंगा ७ बन्गाइका २८ घर परिवारलाई राहात वितरण गरेको हो।

उक्त कार्यक्रम वडा नम्बर ८ पुलचोक टोल बिकास संस्थाका अध्यक्ष तुल्सी प्रसाद अर्यालको अध्यक्षता वडा नम्बर ८ की वडा सदस्य सारदा परियारको प्रमुख आतिथ्यता त्यसैगरी सामाजिक विकास केन्द्रका पोमनारायण पौडेल त्यसैगरी नमुना एकिकुत विकास परिषद रुपन्देहीका डाइरेक्टर ज्ञानु पौडेल सहितको उपस्थित मा राहत सामाग्री वितरण गरिएको हो। सो कार्यक्रम सिद्धार्थ सामाजिक बिकास केन्द्रका उपाध्यक्ष तिलोचन घिमिरेको सन्चालनमा रहेको थियो ।

प्रकाशित : १४ मंसिर २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६