प्रदेश

बाणगंगामा दोस्रो नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगिता हुँदै



कपिलवस्तु, १५ मंसिर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा दोस्रो नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाणगंगा नगरपालिकाको आयोजनामा मंसिर २० गतेदेखि प्रतियोगिता सञ्चालन हुने आज एक सुचना मार्फता नगरपालिकाले जनाएको छ ।

सुचनामा ईच्छुक महिला खेलाडीहरुले आगामि मंसिर १८ गते दिउसो ४ बजेसम्म नगरको महिला तथा बालबालिका शाखामा टिम दर्ता गराउन सकिने जनाएको छ । खेलाडीहरु स्वयम् दुईजनाको टिम बनेर आउनुपर्ने सुचनामा जनाइएको छ ।

खेलमा प्रथम हुनेलाई सात हजार, द्वितीय हुनेलाई ५ हजार, तृतीय हुनेलाई ४ हजार र सान्त्वना हुने खेलाडीलाई ३ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : १५ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६