प्रदेश

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएपछि लुम्बिनी क्षेत्र तनावग्रस्त



बुटवल, १६ मंसिर ।

स्कुल बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएपछि रूपन्देहीको लुम्बिनी क्षेत्र तनावग्रस्त बनेको छ।शनिबार बिहान ९ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका ४ महुबारी लुम्बिनी ककरहवा सडक खण्डमा निजि बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार गैंडहवा गाउँपालिका सुर्यपुरा स्थित सिद्धार्थ बोर्डिंङ स्कुलको लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।

घटनामा मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतीक नगरपालिका वडा नं ४ का २१ बर्षिय मोहम्मद इरसाद र १६ बर्षीया रुविना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सोही ठाउँकै १७ वर्षीया अप्सना खातुन गम्भीर घाइते भएकी छन्। उनको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुल बसमा आगो लगाइदिएका छन्। आगलागीबाट बस पूर्ण रुपमा क्षती भएको छ।

घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले बताएको छ। अहिले मृतकका आफन्त र स्थानीयले शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन्।

घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीयको प्रदर्सनले उक्त सडकखण्डको आवतजावत ठप्प बनेको छ।

प्रकाशित : १६ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६