प्रदेश

लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश -महामन्त्री गगन थापासहितका नेता सहभागी



रूपन्देही, १७ मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको दोस्रो दिन बन्द सत्र चलिरहेको छ । जारी बन्दसत्रमा उपसभापति भुवनप्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन, महामन्त्री सुरेन्द्रराज आचार्यले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाले आर्थिक प्रतिवेदन पेश गरेको कांग्रेसका प्रदेश सदस्य विष्णु पोखरेलले जानकारी दिए ।

प्रतिवेदनमाथि प्रतितिधिहरूको छलफलपछि आगामी कार्यदिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए । शनिबार सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका थिए ।

बन्दसत्र कांग्रेस महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षता र सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) को सञ्चालनमा चलिरहेको छ ।

बन्दसत्रमा कांग्रेस केन्द्रीय सदस्य डा। चन्द्र भण्डारी, पुस्पा भुसाल, दीपक गिरी, डा। गोविन्द पोखरेल, अजयबाबु सिवाकोटी, अब्दुल रज्जाकलगायतका केन्द्रीय सदस्य उपस्थित छन् । सम्मेलनले नयाँ कार्ययोजनासहित नीति सम्मेलनमा पेश गर्ने प्रस्ताव तयारी गर्ने सभापति अमरसिंह पुनले बताए । सम्मेलन आजै सकिनेछ ।

प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमितिसहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भ्रातृ संस्थाका प्रतिनिधि गरी ७ सय ५० जनाको सहभागिता रहेको प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल मुस्कानले बताए ।

प्रकाशित : १७ मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६