देश

चिकित्सकको लाइसेन्स परीक्षामा ४८ प्रतिशत बढी फेल



काठमाडौ, १७ मंसिर । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा सहभागी मध्ये ४८ प्रतिशत अनुत्तीर्ण भएका छन् ।

१८३ परीक्षार्थीमध्ये ९४ जना अर्थात् ५१.३६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । ८९ परीक्षार्थी अनुत्तीर्ण भएका हुन । छ जना परीक्षा दिन आउँदा प्रवेशपत्रमा तोकिए अनुसारको परिचयपत्र नल्याएका कारण काउन्सिलले नतिजा रोक्का गरिएको काउन्सिलको सूचनामा उल्लेख छ ।

परीक्षणको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले ३५ दिनभित्र पुनर्योगका लागि एक हजार पाँच सय दस्तुर बुझाई आफ्नो नाम, रोल नम्बर स्पष्ट लेखी काउन्सिलको इमेल मार्फत आवेदन दिन सक्ने ब्यवस्था काउन्सिले गरेको छ ।काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा सञ्चालन गरेको थियो ।

प्रकाशित : १७ मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६