प्रदेश

बुद्धभुमि महोत्सवमा सोमबार एलिना चौहान प्रमुख आकर्षण



कपिलवस्तु मंसिर १८ गते ।
कपिलवस्तुको बुद्धभूमिमा जारी महोत्सवमा सोमवार एलीना चौहान आउने भएकी छिन । महोत्सवको पाँचौ दिन प्रमुख आकर्षणको रुपमा एलीना चौहानलाई आमन्त्रण गरिएको आयोजक संस्था होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तु अध्यक्ष लेखनाथ घर्तीले बताउनु भयो ।


महोत्सवमा चौहान सँगै लोक गायक नारायण विपी, दिपक खड्का र थारु गायक रन्जित थारुको पनी प्रस्तुती रहने प्रचार संयोजक बाबुराम खत्रीले बताउनु भयो । मंसिर १४ देखी २४ गते संचालन हुने महोत्सवमा दैनिक स्थानीय कलाकार, आईटम डान्स, विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, डान्स आइडियल संचालन भइरहेको महोत्सव सचिवालय संयोजक पदम ढकाल क्षेत्रीले बताउनु भयो ।


महोत्सवमा पछिल्लो ३ दिन दर्शकको चाप देखिएको छ । दोस्रो दिन करिब २ हजार तेस्रो र चौथो दिन ७ हजार बढीले अवलोकन भएको सुरक्षा तथा प्रशासन संयोजक हुमनाथ पौडेलले बताउनु भयो ।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६