प्रदेश

दोश्रो बुद्धभूमि महोत्सवमा आज प्रिती आलेको धमाकेदार प्रस्तुति रहने



कपिलवस्तु, १९ मंसिर । बुद्धभुमि नगरपालिकाको वडा नम्बर २ गोरुसिंगेमा जारी दोश्रो बुद्धभूमि महोत्सव तथा कृषि र पर्यटन प्रदर्शनीमा आज चर्चित राष्ट्रिय तथा दोहोरी गायिका प्रिती आले आउने भएकी छन् । होटेल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुले मंसिर १४ गतेदेखि सुरु गरेको महोत्सवको छैठौँ दिन आले लगायतका कलाकारको प्रस्तुति रहेको आयोजकले जनाएका छन् । साँझ करिब ५ बजेतिर मञ्च चढ्ने आलेले करिब डेढ घण्टा प्रस्तुति दिने बताइएको छ । उनी प्रकाश सपुतसंग दोहोरी ब्याटल गाएर पनि चर्चामा छन् । उनका धेरै चर्चित गीतहरु छन् ।

हिजो सोमबार एलिना चौहन लगायतका कलाकारले नचाएका थिए । महोतसवमा अहिले दिनप्रतिदिन दर्शकहरुको संख्या बढ्ने क्रम जारी छ । कलाकारको प्रस्तुतिसंगै महोत्सवमा राखिएका स्थानीय कला, संस्कृति, स्थानीय कृषि उत्पादनका वस्तु र स्थानीय परिकारका कारण दर्शकको भीँड बढेको संघका अध्यक्ष तथा महोत्सवका संयोजक लेखनाथ घर्ती र महासचिव पदम ढकालको दावी छ । महोत्सव हेर्न छिमेकी जिल्लाबाट पनि दर्शकहरु आएका उनीहरुले बताए ।

महोत्सवमा स्थानीय थारु जातिको संस्कृति, पहिचना र खानपान विशेष रुपमा देख्न पाइन्छ । थारु जातिको आफ्नै संस्कृति झल्कने खालको चिटिक्कका घर पनि बनाईको छ । त्यसभित्र र बाहिर थारु जातिका बिभिन्न पहिचान देख्न पाइन्छ भने खानेकुरा पनि खान पाइन्छ । बुद्धभूमिमै उत्पादन भएका कृषि बाली, ग्लोबल डेरीका उत्पादन लगायतलाई पनि दर्शकले मन पराएका आयोजक बताउँछ । यस्तै रोटे पीङ, बाल उद्यान, डान्स आइडल लगायतका गतिविधि पनि महोत्सवका सहायक आकर्षणका रुपमा देखिन्छन् ।

करिब ७० हजार दर्शकले मेला भर्ने र १ करोड बराबरको आर्थिक आम्दानी हुने आयोजकको लक्ष्य छ । महोत्सव मंसिर २४ गते सकिने छ । बुद्धभूमि नगरपालिका, बुद्धभूमि उद्योग बाणिज्य संघ, बुद्धभूमि व्यापार संघले सहयोग गरेको महोत्सवमा ग्लोवल डेरी प्राली मुख्य प्रायोजक छ ।

प्रकाशित : १९ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६