प्रदेश

पाल्पामा बेवारिसे शव फेला



पाल्पा, १९ मंसिर । पाल्पामा मंगलबार बेवारिसे शव फेला परेको छ। ​ तिनाउ गाउँपालिका ३ तल्लो सिद्धबाबा मन्दिर नजिकै सिद्धार्थ राजमार्गको नालीमा अन्दाजी ५० वर्षीय पुरुषको शव बिहान ९ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

उनी घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए। अहिलेसम्म सनाखत हुन सकेको छैन। शव पोष्टमार्टमका लागि रूपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रनाउ श्रेष्ठले बताए।

ती व्यक्ति केही दिनदेखि सिद्धबाबा मन्दिर वरिपरि डुलिरहेको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : १९ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६