देश

बन्चरो प्रहार गरी श्रीमतीको हत्या



सल्यान, २० मंसिर । सल्यानमा बन्चरो प्रहार गरेर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ उचाल्नेका ४५ बर्षिय डम्मर सार्कीले श्रीमती अन्दाजी ४० वर्षकी सितली सार्कीको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधवार बिहान डम्मरले धारिलो हतियार प्रयोग गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रशाद धमलाले जानकारी दिए । उनलाई ढोरचौर बजार नजिकैबाट पक्राउ गरिएको र हत्याको कारण खुल्न नसके तथा घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २० मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६