प्रदेश

बुटवलमा पुस ५ देखि लुम्बिनी एक्स्पोः ५० करोड कारोबारको लक्ष्य



बुटवल, २० मंसिर । बुटवलमा पुस ५ गतेदेखि लुम्बिनी एक्स्पो २०८० अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि १८ गतेसम्म मेला संचालन हुन लागेको हो ।

आयोजकले बुधबार मेला स्थलमा पत्रकार सम्मेलनको तयारी गरी मेलाको तयारी अन्तिम चरण पुगिसकेको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै मेला मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद घिमिरेले यो पटक मेला विगतको भन्दा फरक तरिकाले संचालन हुने बताए । साथै मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य रहेको संयोजक घिमिरेले जानकारी दिए ।

यस पटको एक्स्पोमा ५०० भन्दा बढी स्टलहरु रहने र अधिकांश स्टल बुक भइसकेको संयोजक घिमिरेले बताए । मेलामा गौतमबुृद्धकाृ जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं स्थलहरुको प्रवद्र्धनात्मक प्रचारप्रसार गरिने उनले बताए ।

कोरोना पछि बुटवलको व्यापार व्यवसायमा केही शिथिलता भएको बताउँर्दै उनले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि यो मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गरे । मेलालाई सफल बताउनका लागि ४५ सदस्यीय मूल आयोजक समिति, विभिन्न विषयका ४५ वटा उपसमिति गठन गरिएको र गठित उपसमितिले आवश्यक तयारीका काम गरिहेको प्रचारप्रसार संयोजक र्फसुराम पन्थले बताए ।

साथै मेलाको अवलोकनका लागि ६० रुपैयाँ टिकटदर निर्धारण गरिएको उनले बताए । साथै सोहुलियत दरमा टिकटदर ५० रुपैयाँ कामय गरिएको बताए ।

प्रकाशित : २० मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६