सरिता थारु
कपिलबस्तु, २२ मंसिर।लुम्बिनी प्रदेशका प्रदेश सांसद विष्णु पन्थीले अबको ५ बर्षमा लुम्बिनी प्रदेशका सबै नगरपालिका भन्दा बाणगंगा नगरपालिका उत्कृष्ट हुने बताउनुभएको छ । उहाले बाणगंगा नगरपालिका शिक्षा, स्वास्थ्य, भौतिक पुर्वधार लगाएत सबै क्षेत्रमा अगाडी रहेको बताउदै लुम्बिनी प्रदेशमै उत्कृष्ट हुने जिकिर गर्नुभयो । साना किसान कृषि सहकारी संस्था लिमिटेड ओदारीको १० औं बार्षिक साधारण सभा एव नवनिर्मित भवनको उद्घाटन गर्दै उहाले यस्तो बताउनुभएको हो ।उहाले उत्पादनले बेरोजगारीलाई अन्त्य गर्ने बताउदै सहकारीको पुँजीलाई उत्पादन मुलक कार्यमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
साथै उहाले बजारीकरणका लागि स्थानीय सरकार र प्रदेश सरकारले सहयोग गर्ने प्रतिबता जनाउनुभयो ।यता कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्यालले पालिका भित्र सहकारीहरुको आर्थिक परिचालनको योगदान उल्लेख्य भएको बताउदै जनताका सेवा प्रवाहमा सक्षम भएका सहकारीहरुलाई प्रमोट गर्दै जाने नगरको निती रहेको उल्लेख गर्नुभयो ।यस्तै संस्थाको बार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष टिका कुमारी क्षेत्रीले प्रस्तुत गर्दै पशु विममा जोडिन सबैमा आग्रह गर्नुभयो ।काईक्रममा प्रस्तुत आर्थिक, बार्षिक, लेखा समितीको प्रतिबेदन सर्वसम्मतले पारित समेत भएको छ । कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष नरेन्द्र चौधरी, पुर्व वडा अध्यक्ष सोमनाथ अर्याल, प्रदेश कृषि संघका संचालक समिती सदस्य चुडामणी पोख्रेल, साना किसान लघुबित्त वित्तिय संस्था बुटवल शाखा प्रमुख गणेश भटट्राई , जिओ कृषिका विनोद विक, शेयर सदस्य कमला थारु , आम्बिका पौडेल लगाएतले बोल्नुभएको थियो ।
सहकारीले आर्थिक बर्ष २०७९।८० मा १० करोड, ५२ लाख ८२ हजार ४ सय ६५ रुपैया बराबरको कारोबार गरेको छ । संस्थामा १ हजार ३ सय ५१ शेयर सदस्य आबद्ध रहेका छन् । कार्यक्रममा उत्कष्ट बचत कर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बालबचत कर्ता, जेहेन्दार विद्यार्थी, जेष्ट नागरिकलागएतलाई सम्मान गरिएको थियो । कार्यक्रम प्रबन्धक माया पौडेल भटट्राईको संचालन,उपाध्यक्ष मोहनी खनालको स्वागतमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया