प्रदेश

गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल



गुल्मी, २३ मंसिर । प्रेस काउन्सिल नेपालको एक प्रतिनिधि मण्डलले गुल्मी जिल्लाका सञ्चार माध्यमहरुको अनुगमन गर्नुका साथै यहाँका पत्रकारहरुलाई पत्रकार आचारसंहिता पालनाबारे पुनःताजकी गरेको छ । प्रेम काउन्सिल नेपालका सञ्चालक समिति सदस्य ठाकुर प्रसाद वेल्वासेले पत्रकार आचारसंहिताका विषयमा पत्रकारहरुलाई प्रशिक्षित गर्दै आचारसंहिता पत्रकारहरुका लागि मात्र नभई आम व्यक्तिका लागि पनि उत्तिकै लागू हुने बताए ।

उनले पछिल्लो चरण अनलाइन लगायतका केही सामाजिक सञ्जालहरुमा व्यक्तिको स्वतन्त्रता र व्यक्तिगत चरित्रहत्या हुने गरी समाचार सम्प्रेषित भएकोप्रति प्रेस काउन्सिले सजग र कानुनी दायरामा ल्याएको बताउँदै त्यस्ता कुराहरुबाट पत्रकारहरु जिम्मेवार हुनुपर्ने उनको सुझाव थियो । अर्का सदस्य शरदप्रसाद अधिकारी र प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार, सरकारी कार्यालय, सुरक्षा निकाय, नागरिक समाजका अगुवा र पत्रकारहरुले राखेका जिज्ञासा तथा सुझावहरुलाई ग्रहण गर्दै आफ्नो तर्फबाट प्रस्ट्याएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा भएको हो । कार्यक्रममा यहाँको सञ्चार माध्यम, पत्रकारिता र पत्रकारको अवस्थाबारे महासंघका अध्यक्ष टोपलाल अर्यालले प्रस्ट्याएका थिए ।

सरकारी कार्यालयकोतर्फबाट बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले गुल्मी जिल्लाका सरकारी कार्यालय, सुरक्षा निकायबाट सहज रुपमा सुचना उपलब्ध गराईएको बताए । हालसम्म यहाँका पत्रकारहरुले पत्रकारआचारसंहिता विपरित समाचारहरु सम्प्रेषण नगरेको बताए । त्यस्तै महासंघका पूर्व अध्यक्ष जनार्दन घिमिरेले पनि आफ्नो धारणा राख्दै युटुवरका कारण पत्रकारितामा चुनौति थपिएको बताए । उनले पत्रकारले सत्य र तथ्यलाई आधार बनाएर समाचार सामग्री सम्प्रेषण गर्ने गरेको तर युटुवमा भ्युजका लागि सामग्री बंगाउने र अतिरञ्जित पार्ने गतिविधिका कारणले सत्य समाचार प्रवाहमा समेत यसले चुनौति थपेको बताए ।

प्रकाशित : २३ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६