काठमाडौँ २८ मंसिर । सरकारले बजेट निकाशा नदिदा ल्याब जाँचको लागि रिएजेन्ट तथा किट अभाव हुँदा वीर अस्पतालको सेवा प्रभावित भएको छ ।
किट अभाव भएपछि वीर अस्पतालमा आएका बिरामीलाई ल्याब जाँचका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको थियो । जसका कारण ट्रमा सेन्टरमा दिनभर ल्याब जाँच गर्नेको भिड देखिन्थ्यो । वीरबाट बिरामीहरू ल्याब जाँचका लागि आएकाले दिनभर प्रेसरमा काम गर्नु परेको एक कर्मचारीले बताए ।
स्रोतका अनुसार वीर अस्पतालमा किटको अभाव भएपछि बिरामीहरूलाई ट्रमामा पठाइएको हो । प्रशासनले समयमा नै खरिद प्रक्रिया अघि नबढाएका कारण किट अभाव भएको हो ।यसैगरी, वीर अस्पतालमा बिरामी दर्ता टिकट र भर्ना कागजको पनि अभाव भएको चर्चा चलेको छ । तर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का उपकुलपति प्रा।डा। भूपेन्द्रकुमार बस्नेतले टिकट र भर्ना कागज अभाव नभएको दाबी गरे । उनले भने, ‘अस्पतालमा सामान सकिएको मलाई थाहा छैन, तपाईँलाई कसरी थाहा हुन्छ रु बिचौलियाको हल्लाको पछि नलाग्नुस्, वीरमा सेवा बन्द हुँदैन ।’ बिचौलियाले चलखेल गर्न अफवाह फैलाएको उनको भनाई छ ।
प्रतिक्रिया