प्रदेश

नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आजदेखि बुटवलमा



बुटवल, २९ मंसिर । नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशन आज शुक्रबारदेखि बुटवलमा सुरु हुदैछ । महाधिवेशनको सबै तयारी पूरा भएको आयोजक बुटवल जेसीजले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

महाधिवेशनको आज विशेष समारोहका विच सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बुटवल जेसीज स्थापनाको ५० वर्ष प्रवेश भएको अवसरमा बुटवलमा आयोजना गरिएको राष्ट्रिय महाधिवेशनमा बुटवलबाट विशेष सन्देश दिन खोजिएको महाधिवेशनका कन्भेन्सन डाईरेक्टर जगतबहादुर पोखरेलले जानकारी दिए । महाधिवेशन अगाडि बिहान बुटवलमा झाकी सहितको शान्ति पदयात्रा गरिने छ । त्यस्तै बुटवलकै फुलवारीमा स्वर्ण स्मारक सिलन्यास गर्ने तयारी रहेको छ ।

महाधिवेशनमा जनप्रतिनीधिमा निर्वाचित जेसीज सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको उनले बताए । त्यसैगरी बुटवलको पहिचानलाई जोडेर गित गाएका गायकलाई सम्ममान गरिने सांस्कृतिक कार्यक्रम संयोजक बुटवल जेसीजका पुर्व अध्यक्ष विमलराज भट्टराईले बताउनु भयो । जसको लागि ३१ जना गायककार छनोट गरिएको छ । महाधिवेशनमा देशभरका १७८ शाखाबाट १२४६ जना र अध्यक्षले मनोनित गर्ने समेत गरी १४७६ मतभार रहेको । महाधिवेशनमा आउने प्रतिनिधि, पर्यावेक्षेक, अतिथि सबैको लागि खाना तथा आवासको सबै व्यवस्था मिलाई सकिएको आयोजकले जनाएको छ ।

अध्यक्षको लागि चार जना प्रतिस्पर्धामा


नेपाल जेसीजको अध्यक्ष पदको लागि चार जना उम्मेद्वार प्रतिस्पर्धामा रहेका छन् । अध्यक्ष पदका लागि विजय गुरुङ, रजनी थापा, रविन पोखरेल, रश्मी सिल्पकार र अनिल शाहीको उम्मेदवारी परेको थियो । त्यसमध्ये १ जनाको उम्मेदवारी खारेज भएको छ ।

त्यसैगरी ४ कार्यकारीणी उपाध्यक्ष पदमा १२ जनाको प्रतिस्पर्धा छ भने १२ उपाध्यक्ष पदमा २१ जनाको प्रतिस्पर्धामा रहेको पनि उनले जानकारी दिए । मतदान पुसको १ गते ईलेक्ट्रोनिक भोटिङ सिस्टमबाट हुने जनाइएको छ ।

महाधिवेशन तयारीका सम्बन्धमा उम्मेद्वार तालिम, अन्तरवार्ता लगायतका कार्यक्रम सकिएको नेपाल जेसीजका पूर्व अध्यक्ष अनुपमान सैंजूले बताए ।

प्रकाशित : २९ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६