प्रदेश

रुपन्देहीबाट मलामी बोकेर गएको बस गैंडाकोटमा दुर्घटना, ८ जना घाईते



बुटवल, २९ मंसिर । रुपन्देहीको कञ्चन गाउँपालिकाबाट मलामी लिएर गएको बस गैंडाकोटमा गएराती दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । देवघाट मलामी लिएर गएको लु १ ख ८८४६ नम्बरको बस भुस बोकेको ट्रकसँग ठोक्किएको हो ।

गैंडाकोटको जयश्री पुल नजिकै पश्चिम तर्फ आउँदै गरेको ना ३ ख ३८६७ नम्बरको ट्रकसँग ठोक्किएको हो । दुर्घटनामा बसमा सवार रुपन्देही कञ्चन गाउँपालिका-३ का धनप्रसाद निउरे, टिकादेवी गौतम, धनपति सापकोटा, युवराज शर्मा लगायत घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। घाइते मध्ये १ जनालाई थप उपचारक लागि काठमाडौं रिफर गरिएको छ भने २ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ५ जना भने सामान्य उपचारपछि घर फिर्ता भएको चितवन मेडिकल कलेजले जनाएको छ।

कञ्चनबाट नेपाली कांग्रेसका नेता तथा साबिक रुद्रपुर गा.बि.सका तत्कालिन सभापति देबी प्रसाद पौडेलको अन्त्यस्टीका लागि देवघाटतर्फ लगिएको थियो।

प्रकाशित : २९ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६