प्रदेश

चोरी तथा लागुओैषध धन्दामा संलग्न चोरको समुह बाणगंगाबाट पक्राउ



कपिलवस्तु, ०२ पौष । केहि समय यता कपिलवस्तु लगाएत आसपासका क्षेत्रमा चोरी गर्ने र लागु औषध ओसार पसार गर्ने अड्डा बनाएर बसेका चोरका गिरोहहरुलाई पिपरा प्रहरीले पक्राउ गर्न सफल भएको छ । अनलाईन पढ्ने बहानामा बन्टी गाहा मगर भन्ने डम्बर बहादुर थापाको घरमा डेरा बनाएर धन्दा चलाउदै आएका चोरहरुको अखडामा प्रहरीले छापा मारेको हो ।

पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं.०२ गोबडिया बस्ने वर्ष २८ को विनोद परियार, नवलपरासी देवचुली नगरपालिका वडा नं. २ बस्ने वर्ष २३ को मुक्ती प्रसाद खनाल ,कपिलवस्तु बुद्धभुमी नगरपालिकाको विबेक थापा मगर , रुपन्देही सैनामैना नगरपालिका बस्ने वर्ष १८ को मनोज दर्जी , रुपन्देही सैनामैना नगरपालिका बस्ने वर्ष १८ को समिर परियार , कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. २ बस्ने वर्ष ३३ को बिष्णु श्रेष्ठ रहेका छन् ।

उनीहरूकाे साथबाट प्रहरीले रु.१,०००/- दरका नोट ३०८ ले जम्मा रकम रु.३,०८,०००/- ( तिन लाख आठ हजार ),रु.५००/- दरका १३ नोटले रकम रु.६,५००/- ( छ हजार पाँच सय ),रु.१००/- दरका ७ ले रकम रु.७००/- ( सात सय ),रु.५० दरका नोट १० ले रु.५००/- ( पाँच सय ),रु.२० का नोट २६ ले रु.५२०/- ( पाँच सय बिस ),रु.१० का नोट २३९ ले रु.२,३९०/- ( दुई हजार तिन सय नब्बे ),रु.५ दरको नोट ३३४ ले रु.१,६७० /- ( एक हजार छ सय सत्तरी) गरी जम्मा रकम रु.३,२०,२८०/- ( तिन लाख वीस हजार दुई सय असी ) नगद बरामद गरेको छ ।
सोहि झोला भित्रबाटसुन जस्तो देखिने वारेण्टीवाला सुन जस्तो पँहेलो गहनासमेत बरामद गरी तत्काल सुनपसलमा लगि तौल गर्दा ३ तोला ७७ लाल २ पोईन्ट भएको तिलहरी थान-२(दुई),४ तोला ७६ लाल ९ पोईन्ट भएको वाला थान-३ (तिन), १ तोला १५ लाल १ पोईन्टको सिरफुल थान-१(एक),४ तोला ६६ लाल ८ पोईन्टको चन्द्रमा थान-१ ( एक ), एक टुक्राउको छेउमा जलाएको जस्तो १ तोला ५६ लाल ९ पोईन्ट रहेको चुरा टुक्राहरु, १ तोला १८ लाल ९ पोईन्टको झुम्का थान-२ ( दुई ),३८ लाल ७ पोईन्टको पिन्जडा थान-२,१ तोला २२ लाल ७ पोईन्टको ब्रासलेटका टुक्रा थान-३ ( तिन ),१६ लाल ४ पोईन्टको दानावाला झुम्का थान-२ ( दुई ) बरामद भएको छ।
यस्तै साेही झोलामा रहेको गुलावी रङको प्लाष्टिकको बट्टामा सुन जस्तो पँहेलो देखिने तत्काल सुन पसलमा लगि तौल गर्दा ६३.९ लालको भएको सिक्री थान-१(एक),माईली तिलहरी भनि खुलेको भित्र लाहा सहित २५८.५ लालको तिलहरी थान-१(एक),लाहा सहितको १०.३ लालको घण्टी माला थान-१(एक),छापे पत्थर सहितको पँहेलो पदार्थ निस्किएको जस्तो देखिने ३० लालको औठी थान-१बरामद भएको / भित्रबाट चाँदीको जस्तो देखिने तत्काल सुन पसलमा लगि तौल गर्दा १ तोला २१ लाल ९ पोईन्ट भएको चाँदीको जस्तो फोल्डिङ बाला थान-१( एक ),३ तोला ४८ लाल ७ पोईन्टको लेडिज पाउजु एक जोडी,२९.५ लालको खुट्टामा लगाउने विच्छी थान-१ चार्जरको डाटा सहितको स्मार्ट घडि थान-१ बरामद भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझिले बताए ।

साथै उनिहरुको साथबाट लु ३६ प १९३९ नं.को रातो कालो रङको पल्सर मोटरसाईकल, रातो कालो रङको लु ३९ प ८२८२ नं.को होण्डा साईन मोटरसाईकल गरी जम्मा मोटरसाईकल थान-२ बरामद भएको पनि प्रहरीले जनाएको छ।
यस्तै उनीहरूले प्ररयाेेेग गरेकाे कोठा भित्रबाट हरियो रङको सानो झोलामा राखेको बिभिन्न सिक्काहरु गन्दा रु. ८४५। ( आठ सय पैचालिस ) बरामद भएको जनाएको छ । यस विषयमा थप अनुसान्धान गरिरहेको प्रहरीको भनाई छ ।

प्रकाशित : २ पुस २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६