प्रदेश

बुटवलमा बैङ्कका कर्मचारी झुन्डिएको अवस्थामा फेला



बुटवल, ०२ पौष । बुटवलमा एक बैङ्कका कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । साइन रेसुङ्गा बैङ्कमा कार्यरत प्रकाश शर्मा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

फूलबारीको एक रेस्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले यस विषय अनुसन्धान सुरु गरेको जनाएको छ । लामो समयदेखि बैङ्किङ क्षेत्रमा कार्यरत शर्मा हाल बुटवलको ट्राफिक चोक स्थित साइन रेसुङ्गा बैङ्कको कर्जा शाखामा कार्यरत रहेको जनाएको छ ।

प्रकाशित : २ पुस २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६