देश

नेपाल लोकतान्त्रिक खेलकुद संघको जिल्ला अध्यक्षमा सेन मनोनित




जितपुर, ०३ पौष । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको जिल्ला अध्यक्षमा पदम प्रताप सेन मनोनित भएका छन् ।

जिल्लाको बाणगंगा नगरपालिका निवासी सेनलाई संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले कपिलवस्तु जिल्ला अध्यक्षमा मनोनित गरेका हुन् ।

कपिलवस्तु जिल्लामा खेलकुदसँगै विभिन्न सामाजिक कार्यमा सक्रिय सेनलाई नेपाल लोकतान्त्रिक खेलकुद संघको विधान, २०७९ भाग ६ को २४ बमोजिम, नेपाल लोकतान्त्रिक खेलकुद संघको कपिलवस्तु जिल्ला अध्यक्ष पदमा मनोनयन गरेको केन्द्रीय अध्यक्ष केन्द्रीय अध्यक्ष शेरचनले बताए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको अनुशासन र मर्यादामा रही, संघलाई चुस्त र दुरुस्त रुपमा अगाडि बढाउनुका साथै, विधि विधान अनुरुप कार्य गर्ने अपेक्षा राखेको शेरचनद्वारा मनोनित पत्रमा उल्लेख छ ।

प्रकाशित : ३ पुस २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६