प्रदेश

उद्योग ब्यापार संघ बुटवलमा नयां नेतृत्व,अध्यक्षमा पाण्डे



बुटवल, ०३ पौष । उद्योग ब्यापार संघ बुटवलको अध्यक्षमा विष्णुप्रसाद पाण्डे निर्वाचित भएका छन् । संघको बुटवलमा सम्पन्न पांचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाण्डेको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा लोकनाथ पन्थी, उद्योग उपाध्यक्षमा पदम जि.सी., बाणिज्य उपाध्यक्षमा केशव श्रीस,महिला उपाध्यक्षमा अन्जु पाण्डे, महासचिवमा यमलाल मरासिनी, सचिवमा कोशलराज भण्डारी, कोषाध्यक्षमा नम्रता थापा र सहकोषाध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका निर्वाचन समिति संयोजक दामोदर घिमिरेले बताए ।

यस्तै कार्य समिति सदस्यहरुमा न्याजुद्दिन मियाँ, विनोद खाती, देवेन्द्र राना, विष्णु मरासिनी, दिपीका क्षेत्री, विशाल पन्थी, विनोद आचार्य,सौरभ भुसाल, दिल प्रसाद शर्मा, प्रशान्त बञ्जाडे, विजय आचार्य, जिब बहादुर बुढाथोकी, जनेस पन्थी, बसन्ता खनाल र नारायण प्रसाद पाण्डे निर्वाचित भएका निर्वाचन प्रमुख घिमिरेले जानकारी दिए ।

निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन प्रमुख घिमिरेले संघका निवर्तमान अध्यक्ष गोबिन्दराज गैरे,नेपाल उद्योग ब्यापार महासंघका बाणिज्य उपाध्यक्ष बाबुराम पोखरेल,महासचिव खिमनारायण पराजुलीको उपस्थितिमा पद तथा गोपनियताको सपथ गराएका छन् ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले उद्योगी व्यवसायीका समस्या समाधानमा पहलसंगै नयां सदस्य विस्तार, संघको सचिवालय भवन निर्माण र २०८२ मा बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलमा औद्योगिक ब्यापार मेला सञ्चालन आफ्नो मुख्य कार्यभार रहेको बताए ।

सचिवालय भवन निर्माणको संयोजक निवर्तमान अध्यक्ष गोविन्दराज गैरे रहेका छन् । उनले करिब २ करोड लागतमा २ वर्षभित्र दुई तले सुविधासम्पन्न सचिवालय भवन तयार गर्ने लक्ष्य रहेको र यसमा सबैको साथको अपेक्षा गरिएको बताए ।

प्रकाशित : ३ पुस २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६