देश

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री



काठमाडौं, ०३ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न शीतल निवास पुगेका छन्।

संसद्को अधिवेशन बोलाउनेलगायत सरकारले पछिल्लो समय गरेका निर्णयहरुकोबारे राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री शीतल निवास पुगेका हुन्। राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाका एक महिला सदस्यको पदावधि समेत सकिन लागेको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने सदस्य सत्ता गठबन्धनको भागबन्डामै हुने भए पनि राष्ट्रपतिले समेत चासो राखेका छन्।

प्रकाशित : ३ पुस २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६