प्रदेश

कपिलवस्तुमा करिब ९ ग्राम ब्राउनसुगर सहित एक जना पक्राउ



कपिलवस्तु, ०४ पौष ।
लागू औषधको अखडा चिर्न तम्सिएको पिपरा प्रहरीले ८ ग्राम ८९० मिलिग्राम ब्राउनसुगर सहित थप एक जनालाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी २५ वर्षका युवराज थारूलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अहिले सम्मकै ठूलोमात्रामा ब्राउनसुगर सहित उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक गोपालजंग रायमाझीले बताए । कपिलवस्तु नगरपालिका वडा नम्बर ११ भैसटा स्थितमा पचेहरा – वरोहीया सडक खण्डबाट उनलाई पक्राउ गरिएको हो ।

लु २५ प २७०६ नम्बरको मोटरसाइकलमा लुकाई छिपाई राखेर पूर्व देखी पश्चिम तर्फ आउँदै गर्दा उनी पक्राउ परेका हुन् । उनलाई अदालतबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धानका लगी हिरासतमा राखिएको प्रहरीको भनाई छ ।

प्रहरी निरीक्षक रायमाझी पिपरा आएदेखि अहिले सम्म करिब २९ ग्राम लागू औषध सहित ३० जना पक्राउ परेका छन् । यस्तै १६ जनालाई मुद्दा दर्ता गरेर थप कारवाहीका लागि अगाडि बढाइएको छ ।

प्रकाशित : ४ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६