देश

भुकम्प पीडितका लागि जस्तापाता बोकेको ट्याक्टर दुर्घटन, पाँच जनाको मृत्यु



रुकुम पश्चिम, ०५ पौष ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्र्याक्टर दुर्घटना पाँचजनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिकाको राडिबाट घर्ती गाउँ जाँदै गरेको ट्याक्टर गएराति १० बजेतिर ट्याक्टर दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको हो।सोही वडाको डाँडा भन्ने स्थानका ५२ वर्षीय भर्दार सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको हो ।

रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१० पिरिकोटबाटवडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेको भूकम्पपीडितको जस्ता पाता बोकेको रा १ त १४ ट्याक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको आठबीसकोट इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । आठबीसकोट ८ खडकबहादुर दलबहादुर पुन , कुमार घर्ती, रमा गुरुङ, जगवीर सार्की, जयबहादुर घर्ती, मने सार्की, मदन पुन घाइते भएका हुन् ।

यस्तै वडा नम्बर १० का रमेश सार्की पनि घाइते भएका छन । नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको गएराति नै उद्दार गरेर आठबीसकोटमा रहेको अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन । दुर्घटनापछि ट्याक्टरका चालक आठबीसकोट ९ का २१ वर्षीय गोपाल विक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ५ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६