देश

नेपाल एअरलाइन्सले लिलामीमा राख्यो पुराना ५ वटा जहाज



काठमाण्डौ, ०५ पौष । नेपाल एअरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ । आज एक सूचना निकालेर नेपाल एअरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामी बिक्रीमा राखेको जनाएको छ ।

आज गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । यसका लागि आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद छ । यी जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् । आन्तरिक उडान प्रयोजनका लागि चीनबाट २०७१ सालपछि भित्रिएका यी जहाजबाट निगमले घाटा ब्यहोरेको थियो ।

प्रकाशित : ५ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६