कपिलवस्तु, ०५ मंसिर ।
महिला संचालक सदस्यमा रहेर अग्रजहरूले संघर्ष सहित ३५ वर्ष सम्म चलायमन गरिरहनु भएको छ । नेफ्स्कुनबाट वित्तिय शुसाशन तथा निति नियमलाई कार्यान्वयनका लागि सरकारसंग समन्वयन गरि सहकारी क्षेत्रलाई मर्यादित र सम्मानित क्षेत्र बनाउने उद्धेश्य लिएर आसन्न निर्वाचनमा नेफ्स्कुनको संचालक पदमा अमरावती बलामी महर्जनले उमेद्वारी घोषणा गर्नु भएको छ ।
सिता पाइला स्थित उपासना महिला बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले काठमाडौं जिल्ला भरिको उत्कृष्ट महिला सहकारीको अवार्ड समेत हात पारिसकेको छ । यही सहकारी संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जन, कर्मचारीको रुपमा सहकारी अभियानमा प्रवेश गर्नुभएको हो । उहाँले काठमाडौंको सितापाइलामा केन्द्रीय कार्यालय तथा रामकोट र रानीवनमा बचत संकलन केन्द्र सञ्चालनमा रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.को विगत १५ वर्षदेखि नेतृत्व गर्दै आउनुभएको छ भने जिल्ला सहकारी संघ लि., काठमाडौंको दोश्रो पटक सञ्चालक पदको जिम्मेवारी बहन गरिरहनुभएको छ । सहकारी मार्फत हुने खानेसँगै हुँदा खानेको जीवनस्तर माथि उठाउनुपर्छ र सामाजिक, आर्थिक , राजनीतिक तथा सांस्कृतिक नेतृत्व तहमा महिलाहरुलाई पु–याउनुपर्छ भन्ने मान्यताका साथ क्रियाशील महर्जन पछिल्लो समय सहकारीका विरुद्ध भइरहेका अनर्गल प्रचारको विरोध गर्दै सहकारी बचाउ अभियानमा लागिरहनुभएको छ । सहकारी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सक्रिय महर्जन सहकारीलाई सरकारले देशको समृद्धिको आधार बनाउनुपरनेमा जोड दिदै आउनुभएको छ । सहकारीको बारेमा अध्ययन, अनुसन्धान गर्दै आउनुभएकी महर्जन सहकारी प्रशिक्षकको रुपमा पनि क्रियाशील हुनुहुन्छ ।
नेपाल बचत तथा ऋण सहकारीहरुको छाता संघको साधारण सभा अब तीन दिन बाँकी रहेको सन्दर्भमा आबद्ध बचत तथा ऋण सहकारी संघ संस्थाहरुले प्रतिनीधिहरु दर्ता गरी सक्नु भएको छ । साधारण सभाका लागि यहाँहरुले देखाउनु भएको उत्साह अनुकरणीय छ । बत्तीसौं साधारण सभा सबै सन्दर्भले बिशेष छ । यो एैतिहाँसिक हुने छ । यहाँहरुको बर्षौको अभिलाष पुरा गर्ने दिन हुनेछ । हिजोको विरासत होइन नयाँ विहानीको शुरुवात हुनेछ । जसले सहकारी अभियानमा नयाँ पालुवाहरु पलाउनेछ । यहाँहरुले बर्षौ अभियानमा गरेको योगदानको कदर हुने दिनको शुरुवात हुनेछ । सहकारीमा काखा पाखाको व्यवाहार वन्द हुनेछ । सामुहिकताको भावना विकासको दिन शुरु हुनेछ । बचत तथा ऋण सहकारी अभियान सहकारी अभियान जस्तै बन्न शुरु गर्ने दिनको रुपमा साधारण सभा सफल हुनेछ । यहाँहरु सबैको विचारको सम्मान हुने वातावरण तयार हुनेछ । सवल र सफल सञ्जाल विकासका लागि हाम्रो आगामी बाटो देहाय बमोजिम तय गरिने छ ।
केही सुचकांकले महिलाको अधिकारका क्षेत्रमा सकारात्मक संकेत देखिएको छ । जनसंख्यालाई नै आधार मान्ने हो भने पनि महिलाको संख्या ५१.५० प्रतिशत अर्थात् पुरुषको तुलनामा १.५० प्रतिशत बढी छ । संख्यामा मात्र नभई अन्य केही क्षेत्रमा समेत महिलाको पहुँच वृद्धी भएको देखिन्छ । जस्तै स्थिर सम्पत्तिमा महिलाको स्वामित्वमा वृद्धि भएको छ । तर यो परिवेश र तथ्यले महिलाको सन्तोषजनक सहभागिता भएको हो भनेर ढुक्क हुने स्थिति भने पक्कै छैन । श्रोत , साधन र आर्थिक स्वामित्वमा महिलाको पहुँच दयनिय छ । महिलाको कामको जिम्मा अत्यन्त बढी छ । त्यसको योगदान आर्थिक हिसाबले गणना गरिदैन । उनीहरु स्वतन्त्र रुपमा पूँजी परिचालन गर्न उद्योग व्यवसाय गर्न या बैकबाट क्रृण प्राप्त गर्न असमर्थ छन् । जसले गर्दा आर्थिक क्षेत्रमा महिलाको सहभागिता अघि बढ्न सकेको छैन । तर यसो भन्दैमा केही भएको छैन भन्न चाँही मिल्दैन । आर्थिक क्रियाकलापको बलियो क्षेत्रको रुपमा स्थापित सहकारीले धेरै हदसम्म महिलालाई आर्थिक क्रियाकलापमा सहभागि बनाएको छ । शहर देखि गाउँ, गाउँ गाउँ सम्म महिलाहरु सहकारी मार्फत आर्थिक क्रियाकलापमा सहभागि बनेका छन् । जसले ठूलो संख्यामा महिला यही आर्थिक संगठनका माध्यम बाट सामाजिक,राजनैतिक, सांस्कृतिक रुपमा भूमिका र हेैसियत निर्माण गर्न सफल भएको देखिन्छ ।
लैगिंक विभेदका कारण समाजले निर्धारण गरेका कतिपय भूमिकाले पनि महिलालाई घर बाहिरको काममा निस्कदा अझै पनि सहज मानिसकेको अवस्था छैन । यसको कारण अशिक्षा, सूचना, सचेतना र अनुकूल वातावरणको निर्माण आवश्यक मात्रामा बढ्न नसक्नु नै हो । यी समस्याका बाबजुत पनि पछिल्लो समय सहकारी सहभागिताका हिसाबले महिला सहभागिता भएको सबैभन्दा ठुलो क्षेत्र बनेको छ । सहकारीको विकास र यसबाट महिलालाई आर्थिक क्रियाकलापमा सहभागी बनाएर आत्मनिर्भर बनाउने क्रम सकारात्मक र प्रभावकारी हुन सकेका उदाहरण पनि बढ्न थालेका छन् ।
५ पुस २०८०, बिहिबार








प्रतिक्रिया