प्रदेश

दाङबाट रोल्पा हुँदै रुकुप पूर्व जोड्ने शहीद मार्ग निर्माणमा ढिलाइ भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाण्डौ, ०५ पौष । रोल्पाका माओवादी नेताहरूले दाङबाट रोल्पा हुँदै रुकुम पूर्व जोड्ने शहीद मार्ग निर्माणमा ढिलाइ भएकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

रोल्पाका सङ्घीय सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज बिहीवार प्रधानमन्त्रीलाई भेटेर बजेट अभावले शहीद मार्ग निर्माणमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

आर्थिक वर्ष २०६४/६५ देखि शुरु भएको दाङको घोराहीदेखि रोल्पाको होलेरी –घर्तीगाउँ हुँदै पूर्वी रुकुमको हुकाम– मैकोटसम्मको शहीद मार्ग निर्माणको कामले अझै पूर्णता पाएको छैन ।

भेटमा प्रधानमन्त्री प्रचण्डले देशको राजनीतिक परिवर्तनमा उलेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले आजै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित मन्त्रालयको टोलीसँग बसेर विकासका काममा भएका प्रगति समीक्षाको बारेमा छलफल गर्ने र शहीद मार्ग निर्माण तथा तत्काल कालोपत्रको काम अघि बढाउन निर्देशन दिने बताउनुभयो ।

प्रकाशित : ५ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६