प्रदेश

नेफ्स्कूनमा नयां नेतृत्व चयन लुम्बिनी प्रदेशबाट ज्ञानु पौडेल निर्वाचित



बुटवल, ९ पुस । मुलुकभरिका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

नेफ्स्कूनको आईतबार सम्पन्न भएको ३२औं वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि चन्द्र प्रसाद ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । ढकालले निवर्तमान अध्यक्ष परितोष पौड्याललाई १७७ मतले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष ढकालले ११९६ मत प्राप्त गर्दा प्रतिस्पर्धी पौड्यालले १०१९ मत प्राप्त गुरे ।

ढकाल कांग्रेस निकट हुन् । पौड्याल एमाले निकट । यसैगरी निर्वाचनबाट संघको वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा घनश्याम अधिकारी र कोषाध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् । साधारण सभाबाट महिला संचालकमा सिता ढकाल पौडेल, मन्दरा मिश्र र कमला देबी गिरि निर्वाचित हुनभएको छ ।

यस्तै प्रदेश तर्फको संचालकमा कोशी प्रदेशबाट लक्ष्मी सापकोटा, मधेस प्रदेशबाट शोभा कुमारी राउत, बागमती प्रदेशबाट खेम राज सुबेदी, गण्डकी प्रदेशबाट गोपाल प्रसाद गौतम, लुम्बिनी प्रदेशबाट ज्ञानु पौड्याल, कर्णाली प्रदेशबाट बीर बहादुर रावत भोटे र सुदुर पश्चिम प्रदेशबाट दिप्ती शाही निर्वाचित भएका छन् ।

नेफ्स्कूनको खुला सदस्यमा नबराज अर्याल, देव कुमार श्रेष्ठ, सुशील कुमार बस्न्यात र शालिक राम ढकाल निर्वाचित भएका छन् । यसैगरी साधारण सभाबाट लेखा सुपरीवेक्षण समिति संयोजकमा ईन्द्र राज ज्योति पौडेल र सदस्यमा हेम राज बिष्ट र दुर्गा तिवारी सन्जेल निर्वाचित भएका छन् । निर्वाचनमा ढकाल नेतृत्वमा कांग्रेस,माओवादी र एकीकृत समाजवादी निकट सहकारीकर्मीको गठबन्धन बनेको थियो भने एमाले निकट सहकारीकर्मीहरु पौड्यालको नेतृत्वमा प्रतिष्पर्धा गरेका थिए ।

प्रकाशित : ९ पुस २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६