देश

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने



काठमाडौँ, १० पौष ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

साँझ पाँच बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ।प्रधानमन्त्री प्रचण्डले एक वर्षे कार्यकाल पूरा हुँदै गर्दा विशेष खुलासा गर्ने यसअघि सार्वजनिक कार्यक्रममार्फत बताएका थिए।

अघिल्लो वर्ष पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड क्याबिनेटका मन्त्रीहरूलाई एक महिनाको समय दिएर रिपोर्ट कार्ड माग्ने तयारीमा छन्। प्रधानमन्त्री प्रचण्ड मन्त्रीहरूको छुट्टाछुट्टै प्रगति विवरण लिइरहेका छन्।प्रचण्डको कार्यकक्षमा मन्त्री स्वयम् उपस्थित भएर प्रगतिविवरण प्रस्तुत गरिरहेका छन्।

प्रकाशित : १० पुस २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६