भैरहवा १७ पुस।रुपन्देहीको रोहिणी गाउँ पालिकाले को नयाँ आयाम शुभारम्भ गरेको छ । बालविवाहको अन्त्य गर्न बालिका बीमा कार्यक्रम सुरु अरेको हो ।बालविवाहको अन्त्य गर्न, समयमै जन्मदर्ता, विवाह दर्ता जस्ता व्यक्तिगत घटना दर्ताका लागि प्रेरित गर्न, बालिकाको उच्च शिक्षामा सहयोग पुर्याउन, बालिकाको मनोबल बढाउन र आर्थिक रुपमा कमजोर भएका परिवारलाई केही भए पनि सहयोग होस् भन्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।
उनले आर्थिक वर्ष २०७९र०८० र २०८०र८१ मा जन्मिएका बालिकाको बीमा गरिने बताए । यो कार्यक्रमबाट भु्रण हत्यामा कमी आउने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘छोरा र छोरीबीच गरिने भेदभावमा पनि कमी आउने विश्वास गरेका छौं ।’ रोहिणी गाउँपालिका र प्रभु महालक्ष्मी इन्स्योरेन्स लिमिटेडबीच बीमाका लागि सोमबार एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । सम्झौतापत्र अनुसार रोहिणी गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा र स्वास्थ्य संस्थाले रेफर गरेकाहरुमध्ये छोरी जन्मिएकालाई यो बीमा योजनामा आबद्ध गराइनेछ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले‘गाउँपालिका अध्यक्ष बालिका संरक्षण अभियान’ अन्तर्गत बालिका बीमा कार्यक्रम लागू गरिएको बताए । उनले बालिका बीमा कार्यक्रमले बालिकाको उच्च शिक्षामा मात्र नभइ बालविवाह रोक्न, घरमै सुत्केरी गराउने रोकी स्वास्थ्य संस्थामा गराउन प्रोत्साहन गर्ने बताए । उनले भने, ‘बालिकालाई संरक्षण गर्ने गाउँपालिकाको अभियान छ । अभियान अन्तर्गत विभिन्न कार्यक्रम हुनेछन् । ’ कार्यविधि अनुसार एक बालिकाका लागि गाउँपालिकाले २० हजार रुपैयाँ एकपटक जम्मा गर्ने र अभिभावकले स्वेच्छाले रकम थपेर बीमा गर्न सकिने जानकारी दिए ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले चालु आर्थिक वर्षमा बालिका बीमा कार्यक्रमका लागि रु। ३० लाख बिनियोजन गरिएको जानकारी दिए । उनले तथ्यांकअनुसार आर्थिक वर्ष २०७९र०८० र २०८०र०८१ मा १९० जना बालिका रोहिणी गाउँपालिकामा जन्मिएको र मापदण्डमा पर्ने बालिकाको बीमा गरिने प्रेसपाटिलाई बताए । उनले आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बिनी प्रदेश प्रमुख यमलाल न्यौपानेले निश्चित समयपछि रकमको आवश्यकता परेकाले बालिका बीमा कार्यक्रमले सहयोग गर्ने बताए । उनले सबैले बीमा गर्नुपर्छ भन्ने कार्यक्रमले सन्देश दिन बताए । ‘२० वर्ष अवधि पुुगेपछि बीमितलाई बीमांक र बोनस रकम प्रदान गरिनेछ । एकैपटक २० हजार तिरेपछि बालिकाको उमेर २० वर्ष पुगेपछि रकम प्रदान हुनेछ, ’उनले प्रेसपाटिसंग भने ।
प्रतिक्रिया