प्रदेश

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा प्रभावकारी बन्दै



दाङ, २० माघ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा प्रभावकारी बन्दै गएको छ । गएको साउनदेखि माघको तेस्रो हप्तासम्म युरोलोजी सेवा लिनेको संख्या झण्डै एक हजार ७ सय पुगेको छ । ओपीडीबाट एक हजार ६ सय ५४ जना बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिएको प्रतिष्ठानका कायममुकाय निर्देशक डा. रमेश कंडेलले जानकारी दिनुभयो ।

युरोलोजि सेवा जिल्लामा नहुँदा बिरामीहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । तर प्रतिष्ठानमा सेवा विस्तार भएपछि अहिले बिरामीको समस्या समाधान र सहज भएको छ ।

युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गौलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिनेलगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने युरोलोजीष्ट डा।प्रबोध रेग्मीले बताउनुभयो ।

प्रतिष्ठानका सूचना अधिकरी निशानदाजु भट्टराईले युरोलोजी सेवा अन्तरगत साना तथा ठूला गरेर झण्डै २ सय जना बिरामीको सफल शल्यक्रिया भएको छ ।

प्रकाशित : २० माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६