भारत २ फागुन
आफूले फलाएको अन्नबालीले उचित मूल्य पाउनुपर्ने लगायत मागसहित भारतको हरियाणा, पन्जाब र उत्तर प्रदेश राज्यका किसानहरू प्रदर्शन गर्दै सङ्घीय राजधानी दिल्लीतिर गइरहेका छन् ।उनीहरूलाई रोक्न प्रहरीले प्रहरीले हरियाणा र पन्जाबको सीमामा अश्रुग्यास प्रहर गरेको बीबीसीले जनाएको छ । दिल्ली प्रहरीले पूरै प्रदेशमा पाँच जनाभन्दा धेरै सङ्ख्यामा एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ ।
प्रहरीले दिल्लीसँग जोडिएका सीमा तीनतिर बन्द गरिदिएको छ ।भारतका किसानहरूले उत्पादन लागतमा ५० प्रतिशत नाफा दिनुपर्ने, ऋण माफ हुनुपर्ने, दैनिक ज्याला सात सय रुपैयाँ हुनुपर्ने लगायतका माग राखेका छन् ।सङ्घीय मन्त्री र किसानका प्रतिनिधिबीच हिजो भएको वार्तामा सन् २०२० को आन्दोलनका क्रममा प्रदर्शनकारीहरूमाथि लगाइएका मुद्दा फिर्ता लिने लगायतका विषयमा दुवै पक्ष सहमत भएको बताइएको छ ।
प्रतिक्रिया