प्रदेश

नेपाल फार्मेसी संघ कपिलवस्तुले मनायो स्थापना दिवस



कपिलवस्तु, ०५ चैत्र ।

नेपाल फार्मेसी संघ कपिलवस्तुले विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको छ ।

संघले आईतबार जिल्लाको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा स्थापनाको पहिलो बर्ष भब्यताका साथ मनाएको हो ।

उक्त अवसरमा संघले व्यवसायिक समस्या तथा समाधान, अबैध औषधी पसल अनुगमन तथा नियन्त्रण लगायतका विषयमा फार्मेसी व्यवसायीहरुसंग अन्तरक्रिया गरेको छ ।

सो अवसरमा बोल्दै संघका जिल्ला अध्यक्ष रमेश शर्माले सम्पुर्ण फार्मेसिष्ट तथा सहायक फार्मेसिष्टहरु एकताबद्ध हुन आवश्यक रहेको बताए । एकताले नै व्यवसायिक समस्याहरु समाधान गरि अबैध क्रियाकलापहरु रोक्न सकिने उनको भनाई छ ।

अध्यक्ष शर्माले आफु संस्थागत हक हितको पक्षमा सदैव दृढ भएर आगामी दिनमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

संघ स्थापनको स्मरण गर्दै अध्यक्ष शर्माले जिल्लाभित्रका सम्पूर्ण फार्मेसीहरुलाई नेपाल सरकारको अधिनमा रहि अनुशासन पूर्वक संचालन गरि व्यवस्थित बनाउन भूमिका निर्वाह गरेको जिकिर गरे ।

उनले संघ स्थापनादेखि हालसम्मको समिक्षा गर्दै आगामी दिनहरुमा संघलाई थप सशक्त बनाएर अघि बढ्ने प्रतिवद्धता जनाए । कार्यक्रममा फार्मेसिष्टहरुले खुला सिमानाका कारण अबैध औषधी भित्रिएको गुनासो गरेका थिए ।

संघका अध्यक्ष रमेश शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन संघका महासचिव डा. विक्रम घिमिरेले गरेका थिए ।

प्रकाशित : ५ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६